किन छ साराको यो निलो पोशाकको चर्चा ?

एजेन्सी सारा अली खान ।

सारा अली खान आजकल आफ्नो फिल्म ‘लव आजकल’को कारण चर्चामा छिन्। उनी अहिले यो फिल्मको प्रमोशनको कारण धेरै व्यस्त छिन् । भ्यालेन्टाइन डेको दिन यो फिल्म रिलीज हुने तयारीमा छ।

सारा आफ्नो फिल्मका कारण मात्र नभएर प्रमोसनका क्रममा उनले गरेका अन्य हर्कतको कारण पनी बारम्बार चर्चामा आइरहेकी छीन्  । हालसालै, उनी नीलो पोशाकका कारण सोशल मिडियामा धेरै निकै नै छाईन् ।

सारा रोमानियाकी डिजाइनर एलिना कर्नाटकले तयार पारेको नीलो पिरोजाइ पोशाकमा देखा परिन् । उनले रङ्ग पनि मिलाएर निलो घडी र हिल लगाएकी थिइन्। खासमा यो पोशाकको मूल्यका कारण यसको धेरै चर्चा भएको हो ।

समाचारहरुमा जनाइए अनुसार यसको मूल्य बराबरको रकम खर्च गर्दा एउटा सामान्य परिवारले हिल स्टेसनमा आउटिंग गर्न सक्छ। बलिउड लाइफको रिपोर्टका अनुसार यो पोशाकको लागत ४५ हजार ५३२ भारु हो।

उनको फिल्म लव आजकलको ट्रेलरबारे दर्शकहरूको मिश्रित प्रतिक्रिया आएको छ। इम्तियाज अलीले यो फिल्म निर्देशित गरेका हुन् भने कार्तिक आर्यन यो फिल्ममा सारासँगै देखा पर्नेछन् ।

इम्तियाजले सन् २००९ मा पनि उही नामको फिल्म निर्देशित गरेका थिए। इम्तियाजको त्यो फिल्ममा सैफ अली खान र दीपिका पादुकोण जस्ता कलाकारको अभिनय थियो । सैफले  छोरीको नयाँ फिल्म ‘लव आजकल’ भन्दा आफ्नै पुरानो फिल्म आफुलेबढी मनपराउने प्रतिक्रिया दिएका छन् ।

सारा कुली नं. १ फिल्मको रीमेकको पनी तयारीमा छिन्। यस फिल्ममा उनी वरुण धवनसँग काम गर्ने छिन् जसलाई डेभिड धवनले निर्देशित गर्दैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया