गायिका स्वरुपा रसाइलीको तीज कोसेली ” मिठो सम्झना” ( भिडियो सहित )

साउन १२ काठमाडौ

सांगीतिक क्षेत्रमा सकृय रहदै आएकी गायिका स्वरुपा रसाइली नेपाली गीत-संगीत प्रेमीहरुमाझ नौलो नाम होइन । आधुनिक, लोक, लोकपप लगायत दर्जनौ गीतहरूमा आफ्नो आवाज भरी दर्शक-श्रोताको मनमा बसिसकेकी गायिका स्वरुपाको तिज कोशेली ” मिठो सम्झना” एक समारोह बिच सुक्रबार  सार्बजनिक भएको छ । बिजयकुमार सुनारको उत्कृष्ट शब्द रचना, बिबि अनुरागीको म्युजिक ऎरेन्ज / संगीत रहेको यश गीतमा स्वरुपा रसाइली र रसाइलीकै आमा पबित्रा रसाइलीको आवाज सुन्न पाइन्छ ।

शिब विकको निर्देशन, रविन्द्र वरालको छायांकन, रबिन बिकको सम्पादनमा तयार भएको यश गीतको म्युजिक भिडियोमा उषा विश्वकर्मा र शिक्षा रसाईली लगायत अन्य पारिवारिक सदस्यको सामुहिक नाच रहेको छ । माइतीघर छोडेर पराइ घर गएकी चेलीलाई माइतीको सम्झना अनि आफ्नी चेलीको अनुपस्थितिमा दुखी भएका माइतीको यथार्थलाई झल्काउने यस गीत र भिडियोले दर्शक-स्रोताको मन जित्ने बिश्वास लिईएको छ ।

हेर्नुहोस् भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया