धितोपत्रबोर्ड : अनलाइन ट्रेडिङ आउँछ रे हो ?

नयन वास्तोला
हालै नेपाल स्टक एक्सचेञ्ज प्राइभेट लिमिटेडले प्रेस नोट जारी गरि फेरि नेपाली लगानीकर्तालाई अनलाइन ट्रेडिङको कार्य बिवरणको जानकारी दिँदा अब भने आम लगानीकर्तामा आशा पलाउन थालेको भान हुन्छ ।
तर अझै शंका भने हट्न सकेको छैन । अनलाइन ट्रेडिङ (कारोबार ) आउनु भन्दा पहिला निम्न कुराहरु अनिवार्य गर्न सकिएमा सुनमा सुगन्ध हुने थियो कि ?

१- NRN ( गैरआबसिय नेपाली ) हरुलाइ कानुनी रुपमा नेपालको पुजिँ बजारमा लगानी गर्ने ब्यबस्था गर्न चाहिने कानुन, नियम तथा बिनियमहरुको छिटा ेभन्दा छिटो ब्यबस्था गर्ने ।

२ -बैंकहरु तथा मर्चेन्ट बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएमा देशका दुरदराजमा रहेका जनताले समेत लगानी गर्ने मौका पाउनेछन् ।

३-. अहिले संचालित ब्रोकरहरुलाई मार्जिन ल्यान्डिङको ब्यबस्था गर्ने ब्यवस्था गर्ने ।

४- बहुचर्चित अनि बजार घटाउन र बढाउन प्रयोग गरिने शब्द बास्केटफन्ड वा मार्केटमेकर बजारमा ल्याउने भए छिटो भन्दा छिटो प्रवेश गराउँ, हैन भने औचित्यको पुष्ठि गर्दै यस्ता औजारहरुको मुख बन्द गराउ ।

५-यदि अनलाइन ट्रेडिङ Same day मै किनबेच गर्न सक्ने वा next day मा किनबेच गर्ने ब्यबस्था गरिए पनि हाल कायम रहेको कमिसन र Hot new Vat लाई समय सापेक्ष र अन्तराष्ट्रिय अभ्यास अनुसार हुनुपर्यो ।

६- Bonus, Right share, Fpo जस्ता कुराहरु घोषणा गरेपछि दोस्रो बजारसम्म आइपुग्ने समय सिमा तोकियोस् ।

७- Onlinetrading आयपछि पुर्व, पश्चिम, उत्तर, दक्षिण जहाँ बसेर पनि कारोबार गर्न सक्ने भएकाले नेपालको पुजिँबजार सम्बन्धि शिक्षालाई व्यापक तरिकाले प्रदान गर्ने ब्यवस्था गरेमा नेपालको पुजिँबजारमा एक कोसेढुङा साबित हुने थियो ।

अबितरीत हकप्रद अक्सनमा बजार मुल्यभन्दा धेरै माथीसम्म मोलमोलाइ भैरहेको छ, किन यसरी बजार मुल्य भन्दा माथी गएर कसले कस्तो पैसाको प्रयोग हुन्छ, जस्ता कुराहरुको नियन्त्रणको लागि केही ब्यवस्था हुनुपर्यो ।

प्रकाशित मिति २०७४-३-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया