नेप्से ओरालो तर्फ, बैंक र इन्स्योरेन्सले घटायो बजार

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २० असार

आज सोमबार नेप्से सामान्य अंकले ओरालो लागेको छ । तेसैगरी कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको  छ

आज कारोबारमा आएका समुहगत सूचकमा डेभलपमेन्ट बैंक र फाइनान्सको सूचक बढेका छन् भने घटेका छन् । बाँकी अन्य सूचक घटेका छन् । आइतबारको कारोबारमा फाइनान्स सूचकले नेप्से थप ओरालो लाग्नबाट जोगाएको छ। इन्स्युरेन्सको सूचक सबै भन्दा बढी ७८.८ अंकले घटेको छ ।

सोमबारको कारोबारमा १४० कम्पनीका झन्डै १८  लाख बढी शेयर खरिद बिक्रिबाट १ अर्ब ५४  करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडको ७ करोड बराबर बढीको कारोबार भएको छ।

अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेस्ट बैंक लिमिटेड, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट , फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रहेका छन् ।

सोमबारको कारोबारमा कमाउनेमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, एनआईडिसी क्यापिटल मार्केट्स, नमस्ते वित्तीय संस्था, रिलायबल डेभलपमेन्ट बैंक, सनराइज बैंक लिमिटेड संस्थापक शेयरका लगानीकर्ता रहेका छन्। त्यस्तै गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, , विजय लघुवित्त संस्था, साना किसान विकास बैंक लिमिटेड, नेरुदी लघुवित्त विकास बैंक, डिप्रोसी डेभलपमेन्ट बैंकका लगानीकर्ता  रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया