भिडियो खिचेर बारम्बार बलात्कार

काठमाडौँ– ४ मंसिर

जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो ।

उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया