लाफिंङ बुद्ध पावर र युनिक हाइडेलको आईपिओ आउने

बिजनेसपाटी ७ असार
लाफिंङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हाईडेल कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन । दुवै कम्पनीले स्थानीयवासीलाई शेयर निष्काशन गर्ने अनुमति मागेका हुन् ।

आयोजना प्रभावित स्थानीयका लागि लाफिंङ बुद्धले ९ लाख ७८ हजार कित्ता तथा युनिक हाईडेलले ५ लाख ५० हजार कित्ता शेयर जारि गर्ने भएको छ । लाफिंङ बुद्धको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । युनिक हाईडेलको भने बिक्रि प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । जेठ ३१ गते दुवै कम्पनीले बोर्डमा निवेदन दिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया