हिमालयन बैंकद्धारा त्रि.वि. शिक्षण अस्पतालमा चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण

बिजनेसपाटी १४ जेष्ठ ।

हिमालयन बैंक लिमिटेडले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरेको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष श्री मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा आज एक समाहरोहका बिच उक्त विश्राम कक्षको समुद्धघाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले त्रि.वि.शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । त्यस अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई बैंकले उपलब्ध गराउने सेवा उपभोगका लागी आग्रह गर्नुभयो । साथै बैंकले यी जस्तै अत्यावश्यक क्षेत्रहरुमा आगामी दिनहरुमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताउनु भयो । उहाँले सोहि अवसरमा त्रि. वि. शिक्षण अस्पताल निर्माण गर्दाका क्षणहरुको बारेमा आफ्नो अनुभव व्यक्त गर्नुभयो । त्यस्तै त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले हिमालयन बैंकको सहयोगमा निर्माण भएको विश्राम कक्षले लगातारको कामबाट थकित चिकित्सकहरुका लागी केही समय विश्राम गर्ने ठाउँ बनाइदिएकोमा धन्यवाद प्रदान गर्नु भयो ।

सामाजिक उत्तरदायित्वको निर्वाह हिमालयन बैंकको स्थापना कालदेखिकै उद्देश्य हो । बैंकले विशेष गरी शिक्षा, स्वास्थ्य, अनाथालय, बृद्धाश्रम, खेलकुद, संस्कृति तथा सांस्कृतिक सम्पदा सरक्षण लगायत प्राकृतिक प्रकोपपिडितलाई सघाउने कार्यमा सहयोग गर्दै आएको छ ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या ११६, २६०० भन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया