हृदय रोग र आयुर्वेद

डा. रमेश मिश्र
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

हृदय मन, वृद्धि आत्माको स्थान हो । यो रगतको आधार हो र आफ्नो संकोच र विकासबाट रगतलाई सदैव गतिमान राख्ने अर्थात रगतलाइ समस्त शरीरमा परिवहन गराउने यन्त्र हो । हृदयका अङ्गहरु प्राकृत स्थितीमा रहेमा शरिरकोे कार्य प्राकृतिक रहन्छ । यसको कुनै अङ्ग वा कृयामा विकृति भएमा ह्दयको कार्य विकृत भइहाल्छ । यसलाई नै ह्दय रोग (मुटुरोग) भनिन्छ ।
हृदयमा दुई प्रकारका रोगहरु लाग्दछ
१. ह्दयको अङ्ग सम्बन्धी विकार र २. ह्दयको क्रिया सम्बन्धी विकार ।
ह्दय रोगको बारेमा आयुर्वेदमा हजारौ वर्ष पहिला नै धेरै कुराहरु वर्णन गरिएका छन । बृहदारण्यक उपनिषदमा ह्दय शव्दको सार्थक निर्वचन गरीएको छ । जसको तात्प्रय यो छ की ’ह्ञहरणे’ ’दद दाने’ र ’इण गतौं’ यी तीन वटा धातुबाट ह्दय शव्द बनेको छ । एवचं १ पाचन प्रकृयाबाट बनेको रसको आहारण तथा समस्त शरिरमा परिभ्रमणशिल रगत अशुद्द भइ सकेपछि फेरी आफ्नोमा आहरण गर्नु ह्ञ धातुको अर्थ हो २ सर्वधातुहरुलाई शुद्द रगत प्रदान गर्नु दद धातुको अर्थ हो र ३ निरन्तर संकोच र विकाशको रुपमा गति गरी राख्नु इण धातुको अर्थ हो , यस निर्वचनबाट सिद्द हुन्छ कि भारत नेपालका ऋषि मूनीहरु हजारौ वर्ष पहिला नै ह्दयको यो संवहन प्रकृयाको ज्ञान गरी सकेका थिए ।

यस ह्दयको अवयव सम्बन्धी अथवा कार्य सम्बन्धी विकारालाइ ह्दय रोग अथवा मुटु रोग भनिन्छ ।
आयुर्वेद अनुसार असात्मय आहार विहार आराम तलवी जीवन विरुद्द आहार, अधिक चिन्ता, अधिक भयमीत हुनु, अधिक प्रताडन, मल मूत्रादिको बेग रोक्नु। शरीर वा ह्दयमा चोट लाग्नु केही शरिरीक, केही मानसिक र केही आगन्तुक कारणहरु हुन्छन ।
आयुर्वेद अनुसार ह्दय रोग सात प्रकारको हुन्छ तर केही आयुर्वेदका विद्दवानहरुले अधिक कम पनि भनेका छन प्राचीन आधार र आधुनिक चिकित्सा पद्दतीले गरेका वर्गीकरण र लक्षण उस्तै उस्तै छन ।
विवर्णत, मूच्र्छा, ज्वर, कास, हिकका श्वास, मुखको स्वाद फीका हुनु, बढी तिर्खा लाग्नु, वेहोश हुनु, बमन हुनु, कफको उत्कलेश हुनु, वेदना हुनु, अरुचि हुनु सामान्यत ह्दय रोगका लक्षण हुन ।
ह्दय रोगको शंका भएमा तुरुन्त चिकित्सक संग परामर्श लिनु पर्दछ र चिकित्सकको सल्लाहअनुसार औषधि र अन्य विकल्पको व्यवस्था गर्नुपर्दछ ।
-प्रातकाल खुल्ला हावामा वा चौरमा घुम्नु पर्दछ ।
– संगमशव (हौलदिल पत्थर) को चौकोर चौकी रोगानुसार ह्दय स्थल स्पर्श हुने गरी लगाउनु पर्दछ ।्
– प्राणायामको अभ्यास गर्नु पर्दछ स्वच्छ प्राणवायु (आकसीजन) लाइ श्वास लिनु पर्दछ ।
– बक्षस्थलमा बातनाशक तैल लगाउनु पर्दछ
– रोग हुने कारणहरुको परित्याग गर्नु पर्दछ ।
– रोगीले बढी बोल्नु हुदैन, बढी भाषण प्रवचन गर्नु हुदैन, आराम गर्नु पर्दछ ।
– बढी दौड, क्रोध, चिन्ता इर्षा गर्नु हुदैन
– आहार विहारमा संयम र नियन्त्रण गर्नपर्दछ
– दोष र शरीर वलको विचार गरी पंचकर्मबाट संशोधन कर्म गर्नु पर्दछ
– संशमन उपचारार्थ आवलाको मुख्वा, गुलबन्द चन्दनको अवलेहको प्रयोग गर्नुपर्दछ
– मकानको भुइ तल्लामा निवास गर्नुपर्दछ
– बढी भरयाङ्ग चढ्नु हुदैन, भारी बोक्नु हुदैन
– भोकै बस्नु हुदैन पेटभरी टन्न खाना खानु हुदैन
– कुनै विवाद, समस्या वा उलझन वा उद्देग जनक काममा उलझनु हदैन । कसै प्रति असम्मान प्रकट गर्नु हुदैन, कसैको शिकायत वा आलोचना गर्नु हुदैन
– अप्रिय वचन, गाली गलौज, झगडा लडाइ गनुैहुदैन
– इश्वर वा आफ्नो इष्ट देवको स्परण गर्नुपर्छ र मनमा निराशा ल्याउनु हुदैन
– उपकार, प्रेम,दया, करुणा, मैत्री र सहानुभुतिको भाव राख्नु पर्छ ।
– स्वाध्याय, सत्संग सुह्दगोक्टीमा बढी समय विताउनु पर्छ
– वलकारक एव रसायन औषधिको प्रयोग गर्नु पर्दछ जस्तै चयवनप्राश, अश्वगन्धा चुर्ण नागवला चुर्ण र अर्जुन चुर्ण
– मनोविकारबाट उत्पन्न ह्दयरोगमा रसायन एवं मधुर संगित, धैर्य र आश्वासन लाभकारी हुन्छ ।
– सहज जन्मजात ह्दयरोगमा रसायन एवं वल्य औषधिहरुको सेवन गर्नु पर्दछ, विश्राम, कोष्ट शुद्धि एवं समूचित आहार विहार एवं पथ्यको व्यवस्था गर्नु पर्दछ
– उच्च रक्त निपीडजन्य ह्दयरोग (हाइपरटेन्सी) मा वात रोगको चिकित्सा पनि गर्नुपर्दछ
– आमवातज ह्दयरोग (रपुमाम्टीक हर्टडिन्डा डिजीज) आमको पाचन, अग्निदीपन एवं एरण्ड तैल प्रयोग आदि वातजधयन उपचार गर्नु पर्दछ

यस प्रकार हाल बढी रहेको नसर्ने रोग मध्ये ह्दय रोगको उपचार र रोकथाम आयुर्वेदको माध्यमबाट राम्रो संग गर्न सकिन्छ । र हामी सबैको ह्दय (मुटु)लाई स्वस्थ राख्न सकिन्छ । ह्दय रोगबाट वच्न ह्दय र यसको कार्य प्रणली खानपान रहन सहनको बारेमा एव अर्का संग खुलेर कुरा गर्नु पर्दछ अनि मात्र मेरो ह्दय र तपाइको ह्दय स्वस्थ रहन सकछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया