आरम्भ माइक्रोफाइनान्सको २ लाख ९४ हजार कित्ता आइपिओ फागुन १५ गतेदेखि बिक्रीमा

बिजनेसपाटी ९ फागुन

आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले सयका दरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ  । सो बाहेकको बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

आइपिओमा यही फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाइएको छ ।

केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय सस्थाको आइपिओ बिक्रीपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया