बुटवल पावर कम्पनीको बजार मूल्य एफपिओ मूल्य भन्दा तल

काठमाडौं २१ फागुन ।

बुटवल पावर कम्पनीको शेयर मूल्य एफपिओ मूल्य भन्दा पनि तल झरेको छ। आज सोमबार बुटवल पावर कम्पनीको शेयर ४ सय ९१ रुपैयाँमा भयो ।

अगिल्लो महिना कम्पनीले प्रति कित्ता एक सय रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी ५०१ रुपैयाँमा एफपिओ निष्काशन गरेको थियो । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ मार्फत बिक्री गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया