लाभकर विवादले मंगलबार सेयर बजार ठप्प

काठमाडौँ २३ जेठ

-हकप्रद र बोनस सेयरमा अंकित मुल्यलाई आधार मुल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोवार नै ठप्प भएको हो । सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो । यो खबर आजको कारोबार दैनिकमा छ   ।

फेसबुकबाट तपाईको प्रतिक्रिया