‘अख्तियार प्रमुखसँग हामी डराएका छैनौं’
काठमाडौं–२२ श्रावण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित डा. गोविन्द केसीका समर्थकले व्यवस्थापिका संसदको सुशासन समिति सभापति मोहनसिंह राठौरलाई ज्ञापनपत्र बुझाएका छन् ।
‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले शुक्रबार राठौरलाई भेटेर चिकित्सा क्षेत्रमा कार्कीले क्षेत्राधिकार नाघेर गरेको हस्तक्षेपको विवरणसहित ३० पेज लामो ज्ञापनपत्र बुझाएको हो ।
उनीहरुले लोकमानसहित अख्तियारका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने प्रमाणको दस्तावेजमा लेखिएको छ ।
ज्ञापनपत्र बुझाएपछि एलायन्सका प्रतिनिधिले राठौरसँग दुई घण्टा छलफल गरेका थिए । छलफलका क्रममा राठौरले बाहिर हल्ला भएजस्तो अख्तियारसँग संसदहरु नडराएको प्रतिक्रिया दिएका थिए ।
‘हामी एक जना पनि अख्तियारसँग डराएका छैनौं, अख्तियार प्रमुखाई हामीले संरक्षण गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने । आजको नागकिर दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया