अनलाईन प्रबिधि मार्फत घरमै बसेर अध्ययन गर्ने सकिने ( हेर्नुस भिडियो )
काठमाण्डौ ३१ भाद्र
गरिब र जेहेन्दार बिधार्थीहरुलाई लक्षित गरि समय र पैसाको बचत होस् भन्ने मनसायले बिज्हब आइटी सर्भिस प्रा.लि. ले नेपालमै पहिलो पटक घरमै बसेर अध्यन गर्न मिल्ने व्यबस्थाको साथ www.ottish.com नामको प्लेटफर्म मार्फत विभिन्न विधाका अनलाईन तयारी कक्षाहरु संचालन गरेको जानकारी दिएको छ |
संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईले हामीलाई जानकारी दिए अनुसार उक्त प्लेटफर्मले पढ्न चाहने तर समय र पैसाको अभावमा गुणस्तरीय पढाई पढ्न नपाएका जेहेन्दार बिद्यार्थीहरुले उक्त अनलाइन सेवा मार्फत आफ्नो नाम र इमेल दर्ता गराई इन्टरनेटको सुबिधा रहेको ठाउँबाट मोबाइल तथा कम्प्युटरको सहायतामा अनुभवी प्रशिक्षक हरुबाट उच्च स्तरका तयारी कक्षाहरु सहुलियत दरमा घरमै बसी बसी लिन पाउने गरि सुबिधा प्रधान गर्नेछ |
ओटिस डटकमले नेपालमा विभिन्न विधाका तयारी कक्षाहरु जस्तै भाषागत, शैक्षिक, ब्यबसायिक, प्राबिधिक तथा वृत्ति विकाससंग सम्बन्धित कक्षाहरु एकैठाउबाट पढ्न पाउने गरि अनलाइन प्रबिधि मार्फत पढाई गराउने सुबिधा भाद्र १५ गतेबाट सुचारु गर्दै आएको छ । यसबाट बार्षिक करिब एक लाख भन्दा बढी बिद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
परिचयात्मक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
फेसबुकबाट तपाईको प्रतिक्रिया