अनाथ असहायलाई हिमालयन बैकको सहयोग

बिजनेसपाटी ८ जेष्ठ ।
हिमालयन बैंक लिमिटेडले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई रु. ७५,०००।– मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो । बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्नका लागि उपयोगी हुने बैकले जनाएको छ । एक कार्यक्रमका बिचमा बैंकका महाप्रबन्धक सुशिल जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति उक्त खाटहरु बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया