अनिल शाह क्लियरिङ हाउस सञ्चालकमा नियुक्त

बिजनेसपाटी २४ चैत्र
नेपाल क्लियरिङ हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सञ्चालक पदमा नियुक्त भएका छन् । नेपाल बैंकर संघका अध्यक्षसमेत रहेका साह वाणिज्य बैंक समूहबाट नियुक्त भएका हुन् ।

यसअघि वाणिज्य बैंक समूहतर्फका उपेन्द्र पौडेल, प्रतिनिधि एनएमबी बैंकबाट सेवा निवृत्त भएकाले उक्त पद रिक्त थियो । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक-एक जना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया