अब यी देशका मानिस अमेरिका जान पाउँदैनन्

वासिङटन –२५ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।
यसअघि जनवरी २७ मा जारी गरिएको आदेशमा ७ मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म प्रवेशमा रोक लगाइएकोमा नयाँ आदेशमा इराकलाई हटाइएको खबर आजको कान्तिपुरले छापेको छ ।
निषेधित सूचिका ६ मुलुकमा इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया छन् । नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया