अभिनेत्री अरुणिमा लम्सालको दोश्रो सम्बन्धमा पनि दरार
काठमाडौं २१ माघ २०८१ । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोश्रो घरवारमा पनि दरार आएको खबर बाहिरिएको छ ।
उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि सम्बन्धमा दरार आएको खबर केहि सञ्चार माध्यम र केहि फेसबुक पेजमा आएका छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन्।
उनका श्रीमान श्रेष्ठ वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनीहरुले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज र निकट आफन्त तथा परिवारको उपस्थितिमा गत भदौमा काठमाडौंको राम मन्दिरमा विवाह गरेका थिए । श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेको खवर बाहिरिएको छ । विवाह गरेको भोलिपल्टै एक टेलिभिजन शोमा पुगेकाबेला श्रेष्ठले आफू अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए । तर हालसम्म उनी नेपालमै छन् ।
अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । उनले सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । पहिलो श्रीमानबाट अरुणिमाको एक छोरी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया