अमेरिकाको गर्यो आइएसका नेता सइद ड्रोन आक्रमणमा मारिएको दावी

 विजनेशपाटी  २९, श्रावण 

अमेरिकाले इस्लामिक स्टेट आइएसका अफगानिस्तान र पाकिस्तान प्रमुख हाफिज सइद खान मारिएको दावी गरेको छ। अमेरिकाले अफगानिस्तानको नान्गरहारको अचिन जिल्लामा जुलाई २६ तारिखमा भएको आक्रमणमा सइद मारिएको दावी गरेको हो। अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता गोर्डन ट्रोउब्रिजले सइद खान ड्रोन आक्रमणमा मारिएको बताएका बीबीसीले जनाएको छ। खान अमेरिका र गठबन्धनमाथिको आक्रमणमा प्रत्यक्ष रुपमा संलग्न रहँदै आएको ट्रोउब्रिजको भनाई छ। आइएसले ८० जनाको ज्यान जाने गरी काबुलमा आक्रमण गराएको तीन दिन पछि हवाई आक्रमण गरिएको थियो। २६ जुलाईमा नान्गरहारमा भएको आक्रमणमा १ सय २० जना आइएस लडाकु मारिएको दावी गरिएको थियो। सइद आइएसका हिंस्रक नेता मानिन्छन्। आइएसमा संलग्न हुनुअघि उनी अर्को अतिवादी संगठन तालिबानमा संलग्न थिए। ऐजनसी

फेसबुकबाट तपाईको प्रतिक्रिया