अयोध्याको धार्मिक विवाद अदालत बाहिर मिलाउन सर्वोच्चको आग्रह
नयाँदिल्ली ८ चैत्र
भारतको सर्वोच्च अदालतले अयोध्यामा मस्जीद रहेको ठाउँमा रामको मन्दीर बनाउने प्रस्तावमा भइरहेको विवाद अदालतभन्दा बाहिरबाट मिलाउन आग्रह गरेको छ ।
मस्जिदको ठाउमा मन्दीर बनाउने विषय निकै संवेदनशिल र भावनात्मक विषय भएको भन्दै अदालतले अदालती प्रक्रियाबाट नभई आपसी छलफल र बार्ताबाट समाधान निकाल्न मङ्गलबार आग्रह गरेको हो ।
“यो एउटा संवेदनशील र धार्मिक विषय हो, पहिला दुवै पक्ष सँगसँगै बस्नुस् अनि समस्याको समाधान निकाल्नुस्, छलफलबाट समाधान अवश्य निस्कने छ,” अदालतले भनेको छ ।
हिन्दु धर्माबलम्वीका देवता मानिने रामको राज्यको रुपमा लिइने अयोध्यामा रहेको रामको मन्दिर रहेको ठाउँमा मस्जिद बनाएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । मन्दिर या मस्जीद बनाउने भन्ने विवादले उग्ररुप लिँदा त्यहाँ धेरैको ज्यान गइसकेको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया