असल नेतृत्वको अभावमा मुलुकको विकास हुन सकेन -गच्छदार

काठमाडौँ ४ माघ

विराटनगर-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताएका छन्। विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताए। यसअघि, सो स्थलबाट कलशयात्रा निकालिएको थियो । यात्रामा सयौँको सहभागिता थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया