आइएमई रेमिटले मनायो १७औं बार्षिकोत्सव

काठमाडौं ३१ जेष्ठ ।
नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सव मनाएको छ । “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूलनाराका साथ विविध कार्यक्रमको आयोजना गरेर मनाएको हो । आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले सो अबसरमा शुभकामना व्यक्त गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०६ औँ अधिवेशनमा भाग लिन जेनेभामा छन् । उनले भिडियो मार्फत पठाएका थिए । वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जनालाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरे । साथै आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया