आईएमई लाइफ इन्स्योरेन्सद्वारा कारोबार शुरू
काठमाडौं २ भदौ ।
बिहीबारबाट आईएमई लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजीसहित कम्पनी सञ्चालनमा आएको हो ।
कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने छ । कम्पनीले एक वर्षभित्र ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ । कम्पनीले यो योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेर समूहका मानिसले सहभागिता जनाउन सक्ने बताएको छ ।
कम्पनीको अध्यक्षमा डा. रामहरि अर्याल तथा सञ्चालकमा अश्विनी अर्याल, दीपक शर्मा, ईश्वर कार्की र दीपचन्द्र रेग्मी रहेका छन् । अन्य २ सञ्चालक भने चयन हुन बाँकी छ । त्यस्तै आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, अम्बिका पौडेल, नवराज नेपाल लगायतकाको लगानी रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया