आजको सुनचाँदीको मूल्य कस्तो छ त ?

काठमाडौँ फागुन १५, २०८१ । लगातार उकालो लागेको सुनको मूल्य आज भने केही झरेको छ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
मंगलबारको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ थियो भने बुधबार ८०० रपैयाँले घट्दा तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँमा झरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया