आज रमिता छ
नन्दलाल खरेल
देश भेन्टिलेटरमा छ
महाव्याधिमा मध्यावधि सपना छ
मध्यारातमा वालुवाटारबाट हठात
कालो पोको वेगसँग आएको छ
गाउँ–शहर दुर्गन्धले
वसी न नसक्नु छ
आज रमिता छ
निरोले झै शासक
वासुरी वजाइरहेको छ
क्रान्ति प्रतिक्रान्तिमा परिणत भएको छ
महाव्याधिमा शासक चुनिनु छ ।
देशको रक्षक नै भक्षक भएको छ ।
आज रमित छ
शासक र शासितको अन्तरद्धन्त वढ्दो छ
शासकलाई भ्रष्टाचार गर्ने लाइसेन्स बनाइदिनु छ
डन तस्कर माफीयालाई वचाउनु छ
शासकका सुण्ड मुसुण्डहरुको खित्का बढ्दो छ
महामारीमा जुधिरहेका जनतालाई निर्मम उपहार छ
आज रमिता छ
सत्ता नाइके र राज्यको अभिभावक वीच
चोचो मोचो उत्कर्षमा छ
दक्षिणी वायुको प्रभाव वढ्दो छ
उत्तरी वायु अहिले निस्तेज छ
शासक मृतक लासहरुलाई सलामी दिदैछ
जनता वचाउन भन्दा घाटका चिताहरु थप्दैछ
आज रमिता छ ।
प्रकासितमिति २०७८–२–१७
फेसबुकबाट तपाईको प्रतिक्रिया