आन्दोलनले गुल्मीको जनजीवन कष्टकर, प्रदर्शनकर्ताद्वारा धर्ना

गुल्मी २१ मंसिर

प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

आन्दोलनकर्ताले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम मंगलबार पनि जारी राखेका छन्। सवारीसाधन सञ्चालन नहुँदा कार्यालयमा सेवा लिन आउने सर्वसाधारण समेत थप समस्यामा परेका छन् । सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालयमा दिनभर सुनसान हुने गरेको छ।

सरकारले प्रदेश टुक्र्‍याउने गरी संसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया