आयुर्वेद र हाम्रो स्वास्थ्य
डा. रमेश मिश्र
आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धती हो र यसको सम्बन्ध प्रत्यक्ष रुपमा मानवको जीवनसंग सम्बन्धीत छ । आयुर्वेद एउटा जीवन विज्ञान हो । यो अनुभव, अनुसन्धानमा आधारित तथा कालानुसार विकसित स्वास्थ्य रक्ष्ाँ एवं उपचारको प्राचीन पद्धती हो । आयुर्वेदमा शरीर, इन्द्रिय मन र आत्माको संयोगबाट निर्मित मानवको स्वास्थ्यको व्यक्तीगत आधारमा संरक्षण र रोगहरुको उपचारमा विशेष बल दिइएको छ । मानव जीवनको सबै अवस्थाहरुलाई बुझ्दै रोग निदान र चिकित्साको ध्यान राख्दै उपचार आयुर्वेदमा गरीन्छ । स्वास्थ्य र जीवन शैलीलाइ उन्नत गर्न तथा सुचारु बनाइ राख्नको लागि दिनचर्या, ऋतुचर्या एवं सदवृतको उपदेश गरीएको छ । दीर्घायु प्राप्तिको लागि स्वस्थ जीवन शैली आवश्यक छ जुन व्यक्ति विशेषको प्रकृति अनुसार हुन्छ र यसैले गर्दा आयुर्वेदमा व्यक्ति विशेषको प्रकृति अनुसार खानपान र उपचारको व्यवस्था फरक फरक हुन्छ ।
आयुर्वेदमा मुख्यतया तीन प्रकारको चिकित्सा गरीन्छ । दैवव्यपाश्रय, युक्ति व्यापाश्रय एव सत्वावजय । आयुर्वेदमा रोगी एव रोगको परीक्षाको विस्तृत वर्णन गरिएको छ जुन आयुर्वेद चिकित्सकले आफ्नो अध्ययन कालमा विस्तृत अध्ययन गरेका हुन्छन । रोग एव रोगीको देश, काल, बल आदिलाइ ध्यानमा राखेर चिकित्साको निर्धारण गरीन्छ । निदान परिवर्जन, संशोधन संशमन एव पथ्यापथ्य व्यवस्था यी चार कुराहरु माथि चिकित्सा अधारित हुन्छ । औषधोपचार एवं चिकित्सा विधिहरुको साथ साथै आहार एवं विहारको पनि ध्यान राख्नु आवश्यक हुन्छ । आज प्रचलनमा रहेका आयुर्वेदको प्रमुख चिकित्सा विधिहरुमा शरीर संशोधन को लागि पँचकर्म, अर्श र भगन्दरको चिकित्साको लागि क्षार सूत्र तथा स्वास्थ्य संवर्धन र बृद्धावस्था स्वास्थ्य रक्षा को लागि रसासय चिकित्सा बढी प्रचलित छन । यी विधिहरु नसर्ने रोग जो विश्व स्वास्थ्य संगठनको लागि चुनौति भइ सकेको छ जीर्ण एवं कृच्छ साध्य रोगहरुको उपचारमा वढी प्रभावकारी सिद्द भइ सकेका छन विश्व स्वास्थ्य संगठनले परिभाषा गरेका नसर्ने रोग बाहेक आयुर्वेदको दृष्टिले अरुपनि केही रोगहरु छन जुन नसर्ने छन र त्यसको लागि रोगग्रष्त व्यक्तिहरु दिनहु औषधि सेवन गर्ने अवस्था छ ती रोगहरु पनि विश्व स्वास्थ्य संगठनको नसर्ने रोगको सुचीमा आउनु पर्छ ।
आयुर्वेदमा स्वस्थ र लामो जीवन कालको लागि रसायन चिकित्साको व्यवस्था गरीएको छ जुन अष्टाङ्ग आयुर्वेदको एउटा विशेष अङ्ग हो । जसको उद्देश्य समय पुर्वको वृद्धावस्था लाइ रोक्नु तथा बुद्धि स्मृति र इन्द्रियहरुको कार्मक्षमतालाइ वनाइ राख्नु हो । स्वास्थ्य संवर्धन एव जीवन शैलीलाइ समुन्नत गर्नको लागि आयुर्वेदमा धेरै औषधिहरु र जडिबुटीहरुको वर्णन गरीएको छ जसले शरीरका दोष धातुहरुलाइ समवस्थामा ल्याउन सहायक छन शरीरबाट रोगउत्पादक कारणहरुलाइ बाहिर निकाल्दछन र रोगलाइ पुनरावर्तन र वृद्धिलाइ रोक्दछ । राम्रो संग व्यवस्थापन गरीयो भने आयुर्वेद बाट जीवन शैलीको अनुरुप सम्पुर्ण उपचार, सुलभ र सबै व्यक्तिहरुको सामथ्र्यको अनुरुप उपचार गर्न सकिन्छ ।
विशेष रोगहरुको लागि केही रसायन औषधी तथा जडिबुटीहरु जो चिकित्सक, कविराज वा बैद्यको सल्लाहनुसार सेवन गर्नु पर्छ ।
स्वास्थ्य संवर्धनको लागि रसायन गुर्जो, आवला, अश्वगन्धा गाईको दुध
संधिवात÷ आमवात को लागि लहसुन, गुग्गुल, अश्वगन्धा, सुण्ठो
श्वास रोगको लागि शिरीष, अगत्सय, हलेदो, हर्रो
ह्दय डर्वल्यको लागि शालपर्णी, अर्जुन, गुग्गुल, पुस्करमूल
नाडी संस्थानको लागि लहसुन, गुग्गुल, बला, अश्वगन्धा
मधुमेहको लागि शिलाजित, आवला, हलेदो, तेजपात मेथी, करेला, जामुन
मेदज विकारको लागि गुग्गुल, हर्रो, पुस्करमूल, वचा
मष्तिष्क एवं स्मृति विकारको लागि वाह्मी, मण्डुकपर्णी, ज्योनिष्मती कौच, तगर
नेत्र रोगको लागि ज्योतिष्मति, त्रिफला, शतावरी। मुलहठी, आवला
अत सही रोग निदान, गुनस्तरयुक्त औषधी पथ्य परहेज र योग प्रणायाम रोग अनुसार व्यवस्था गरी सरकारी र प्राइभेत अस्पताल क्लिनिक बाट उपचार गरियो भने देशका गरीव निमुखा शोषीत पिदित वर्गको साथसाथै सवै वर्ग र समुदायका व्यक्ति आयुर्वेद चिकित्साबाट लाभांवित हुनेछन ।
rm984941@gmail.com
फेसबुकबाट तपाईको प्रतिक्रिया