आर्कषक उपभोक्ता सहकारीले मनायो गुरु पूर्णिमा

विजनेसपाटी ४ साउन
नेपाली बहुमुल्य जडिबुटीहरुको उपयोग गरी विभिन्न स्वाथ्यबद्र्धक प्रोडक्टहरु उत्पादन तथा बजारीकरण गर्दै आएको आर्कषक उपभोक्ता सहकारी संस्थाले आज एक कार्यक्रम गरेर गुरु पूर्णिमा मनाएको छ । नयाँ भिजन र राष्ट्रियता, राष्ट्रिय धर्मसस्कृति र पहिचान जगेर्ना गर्ने गरी स्वदेशमै रहेका बहुमुल्य जडिवुटीहरुको प्रयोग गरी उपभोग्य वस्तु उत्पादनमा सो सहकारीले जोड दिँदै आएको छ ।aa1

सस्थाले हालसम्म ग्रीन टी, स्लीम टी, इनर्जी टी, हर्बल सावुन, मसाज वयल लगायत दर्जन भन्दा बढी जडिवुटीजन्य वस्तुहरु उत्पादन तथा मुलुकभर विक्रि प्रर्वद्धन गर्दै आएको प्रबन्धक दिपकप्रसाद घिमिरेले बताए । सातदोबाटोमा रहेको सहकारीको कन्द्रिय कार्यालयमा दिवा सेवामा कार्यरतर कर्मचारी तथा सेयर सदस्यहरुको रोहबरमा आज सस्थाका प्रबन्धक दिपकप्रसाद घिमिरेलाई गुरु सम्झी गुरु पूणीमा मनाइएकोे छ । सस्थामा लेखा शाखामा कार्यरत विदुर घिमिरेले गुरु पुर्णिमा महिमा अपार रहेकोले यसरी कार्यक्रम गरि मनाइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया