उत्तरी ध्रुवीय क्षेत्रमा तेल उत्खनन प्रतिबन्ध गर्न आवश्यक
लण्डन (बेलायत) २२ असार ।
उत्तरी ध्रुवीय मार्गमा पैंतीस वर्ष अगाडि पग्लिरहेको हिउँमा तीन महीना बिताएका थियौँ ।
यस वर्षको मार्च महीनामा यहाँ हिउँको थुप्रो सर्वाधिक सानो आकृतिमा रूपान्तरित भएको छ । ध्रुवीय हिउँ गायब हुनुमा विश्व तापमान वृद्धिको प्रमुख कारक र प्रभाव मानिएको खनिज इन्धनको बढ्दो प्रयोगलाई लिइएको छ । साथै, यहाँ खनिज इन्धन तेलदेखि सामुद्रिक जहाजमा अतिनिर्भरताले सङ्कट निम्त्याएको छ । खनिज तेलको उत्खनन सस्तो छ र व्यापक मात्रामा उपलब्ध छ, तर यो निकै विषाक्त र फोहोरयुक्त छ । ठूला जहाजहरू ध्रुवीय क्षेत्रमा ओहोरदोहोर गर्दा त्यसबाट उत्पन्न हुने सल्फर अक्साइड र कार्बनजस्ता हानिकारक तत्त्वहरू हिउँमा मिसिन्छन् । यी घातक प्रदूषकहरू जम्मा हुँदै जाँदा त्यसबाट हिउँ पग्लने क्रम बढ्छ, जसले समुद्रको पानीलाई तताउँछ र बदलामा त्यसले हिउँ पग्लाइलाई अस्वाभाविक रूपमा तीव्रता दिन्छ ।
यी प्रवृत्तिलाई उल्ट्याउन विश्वसामु अहिले एउटा अवसर छ । अन्तरराष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) को सामुद्रिक वातावरण संरक्षण समितिको बैठक बेलायतको लण्डनमा आयोजना हुँदै छ । यस बैठकमा, उत्तरी ध्रुवीय र गैरध्रुवीय सदस्य राष्ट्रहरूसँगै क्यानडाले ध्रुवीय क्षेत्रमा जहाजबाट इन्धनको ढुवानी गर्न र प्रयोगमा सीमित तुल्याउने गरी रणनीति प्रस्ताव गर्दै छ । सहभागी सबै मुलुकले तीव्र गतिमा विनाश भइरहेको धु्रवीय पर्यावरणको संरक्षण गर्नेतर्फ महत्त्वपूर्ण उपायमा समर्थन गर्नु राम्रो हुनेछ ।
सन् १९६० को दशकदेखि नै ‘सामुद्रिक इन्धनको राजा’ का रूपमा स्थापित खनिज तेलको अनुसन्धान पछिल्ला केही वर्षमा मात्र शुरू भएको हो । सन् २०११ को अगष्ट महीनामा दक्षिण धु्रवीय क्षेत्रमा ठूला जहाजमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०१५ मा ध्रुवीय क्षेत्रमा सञ्चालित जहाजहरूले झण्डै ६० प्रतिशत खनिज तेल उपभोग गरेका थिए । आर्थिक दृष्टिकोणबाट खनिज इन्धनले निकै लोकप्रियता हासिल गरेको भए पनि यसले पर्यावरणीय र मानवमाथि ल्याउने दुष्परिणाम निकै भयावह रहेको कुरामा धरैजसो सहमत छन् । यसले लाभभन्दा बढी हानि भइरहेको उनीहरूको भनाइ छ । खनिज तेल जहाजबाट चुहिएर चिसो पानीमा मिसिए हिउँका ढिक्काहरू चाँडो फुट्छन् र त्यसले पर्यावरण एवम् त्यसमा निर्भर व्यक्तिको जीवनशैलीमा उथलपुथल निम्त्याउँछ । खनिज तेल आफैंमा वायु प्रदूषणको महत्त्वपूर्ण स्रोत पनि हो ।
जहाजमार्फत ढुवानीमा प्रयोग हुने इन्धनको विकल्प पनि उपलब्ध छ । उदाहरणका लागि सामुद्रिक डिजेल र तरलीकृत प्राकृतिक ग्यास खनिज तेलभन्दा लागतप्रभावी र स्वच्छ पनि छन् । कम प्रदूषक विकल्पहरू रोज्नका निम्ति अहिले राजनैतिक इच्छाशक्ति पनि आवश्यक छ । अहिलेका निम्ति दक्षिणी समुद्र र नर्वेको वरिपरिको क्षेत्रमा प्रयोगमा ल्याइएझैं खनिज इन्धनमाथि सीमित प्रतिबन्ध मात्र लगाउन सकिने देखिन्छ । ध्रुवीय हिउँ पग्लिएर कम हुँदै गएमा ठूला जहाजका लागि बाटो खुल्दै जान्छ, विभिन्न देशका झण्डा बोकेका जहाजहरू जताततै देखिनेछन्, र यस्तो अवस्थामा खनिज इन्धनयुक्त जहाजको प्रयोगको नियमन अझ आवश्यक हुनेछ । आर्कटिक परिषद्ले जहाजहरूको बढीभन्दा बढी ओहोरदोहोरले तेल चुहिएर भयानक दुर्घटना हुनसक्ने खतराका बारेमा चेतावनी दिँदै आएको छ ।
कतिपय मुलुकले पहिल्यै केही सावधानी अपनाउन थालिसकेका छन् । सन् २०१६ मा अमेरिका र क्यानडाले ध्रुवीय क्षेत्रमा सञ्चालन हुने जहाजमा खनिज इन्धनको प्रयोगलाई बिस्तारै न्यूनीकरण गर्ने घोषणा गरिसकेका छन् । अन्य कतिपय राष्ट्रले यो कार्यमा चुपचाप समर्थन गरेका छन् । तर, यो पर्याप्त भने छैन । उत्तरी ध्रुवीय क्षेत्रमा खनिज इन्धन प्रयोगलाई विस्तारै कम गर्दै लैजाने तत्परता बढ्दो छ । खनिज तेलको प्रयोगलाई उत्तर ध्रुवीय क्षेत्रबाट प्रतिबन्ध लगाउने कुरा सुनिश्चित गर्न विशेष जोड दिन आवश्यक रहेको विश्लेषण गरिएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया