उपराष्ट्रपतिले भोलि शुक्रबार जलपान कार्यक्रम आयोजना गर्ने

काठमाडौं ११ कात्तिक ।
उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ले भोलि शुक्रबार अपरान्ह जलपान कार्यक्रम आयोजना गर्ने भएका छन् ।
शुक्रबार तिहार,छठ तथा नेपाल संवत् ११३७ को अवसरमा उपराष्ट्रपति कार्यालय परिसरमा जलपान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद,राजनीतिक नेता, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदस्थ कर्मचारी, उद्योगी व्यवसायी, पत्रकारल गायतलाई निमन्त्रणा गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । जलपान समारोह शुक्रबार अपरान्ह २ बजदेखि कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय परिसरमा सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया