एकै दिन ३ कम्पनीलाई हकप्रद निष्काशनको अनुमति
बिजनेसपाटी २५ कार्तिक
नेपाल धितोपत्र बोर्डले बिहिबार एकै दिन ३ कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बिहिबार अनुमति पाउनेमा सेन्ट्रल फाइनान्स, प्रुदेन्शियल इन्स्योरेन्स र शंग्रिला डेभलपमेन्ट बैंकले रहेका हुन् ।
सेन्ट्रल फाईनान्सले २ शेयर बराबर (२ः१) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । एनआईबिएल क्यापिटललाई फाइनान्सले बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल सेन्ट्रल फाईनान्सकोे कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रदपछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ ।
त्यस्तै प्रुडेन्शियल इन्सुरेन्सले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।
त्यस्तै शंग्रिला डेभलपमेन्ट बैंकले १०:८ को अनुपातमा ८०- प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया