एक हजार चार सयले बढ्यो सुन

काठमाडौं, फागुन २०, २०८१। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार चारसय रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार, यस्तो सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया