एनआइसि एशिया बैंकले सुरु गर्यो अनलाइन आस्बा सेवा
काठमाडौं, २३ साउन ।
आईतबारबाट एनआइसि एशिया बैंक लिमिटेडले अनलाइन आस्बा सेवा सुरु गरेको छ ।
२०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भएको उक्त बैंकले २०औं वार्षिकोत्सवको समय पारेर अनलाइन आस्वा सेवा सुरु गरेको बैंकले जनाइएको छ ।
बैंकका ग्रहाकहरुले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवाप्रयोग गरि निःशुल्क रुपमा अनलाइन आस्वा सेवा मार्फत आईपीओ, एफपीओ तथा म्युचल फन्डमा आवेदन दिन सक्नेछन् ।
साथै बैंकले सञ्चालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्तगर्न सक्नु सकिने बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया