एनआइसी एसियाले २० प्रतिशत बोनस सेयर दिने

बिजनेसपाटी ३१ भाद्र ।
एनआइसी एसिया बैंकको २०औं बार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बैंकले चुक्ता पूँजीको २० प्रतिशत  अर्थात् एक अर्ब ३३ करोड ८५ लाख रुपैयाँको बोनस सेयर दिएको हो।
साधारणसभाले बैंक सञ्चालक समिति पनि चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघाइ चुनिएका छन् भने साधारण सेयरधनीका तर्फबाट विनोदकुमार प्याकुरेल, राजेन्द्र अर्याल र आदित्यकुमार अग्रवाल सञ्चालक चुनिएका छन्।  समितिले अध्यक्षमा तुलसीराम अग्रवाललाई चुनेको छ।
बैंकको पाँच लाख ७० हजार बढि निक्षेप ग्राहक र २८ हजार बढि ऋणी छन्। तीन लाख ३० हजारभन्दा बढि डिजिटल बैंकिङ ग्राहक छन्। बैंकका १२५ शाखा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया