एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ‘क्यास ब्याक’ पाइने

काठमाडौं १६ मंसिर ।

एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिन अफर ल्याएको छ।

बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो। यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुनेछ।

बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन्। यो स्किमबाट बैंकका सबै कार्डहोल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ। बैंकले सार्वजनिक गरेको उक्त योजनामा प्रथम पटक कारोवार गर्दा कारोवार रकमको २ प्रतिशत वा बढिमा १ सय रुपैयाँ नगद फिर्ता पाईने योजना रहेको छ ।

यस्तै प्रत्येक पाँचौ कारोबारसम्म कारोवार गर्दा २ प्रतिशतले बढ्दै ५ सय रुपैयाँसम्म क्यासब्याक पाईने सुविधा रहेको छ । साथै उक्त सुविधा महिनामा ५ ओटा कारोवारमा मात्रै लागु हुने बैंकले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया