एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सिन्धुलीमाडी र बेसीशहरमा
बिजनेसपाटी २४ पौष ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर लम्जुङ्गमा आइतबार एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन भएको छ । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया