एनआईसी एशिया बैंकद्वारा विभिन्न स्थानमा वृक्षरोपण
बिजनेसपाटी २२ जेस्ठ
विश्व वातावरण दिवसको अवसरमा एनआईसी एशिया बैंकले विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । बैंकले आज कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय पर्वत, अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालय परिसर एव ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बताएको छ ।
एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको जानकारी दिएको छ ।
बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको समेत बैंकद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । वृक्षारोपणबाट संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया