एनआईसी एसिया क्यापिटलले ल्याउने भयो एक अर्बको म्युचअल फण्ड
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_600/https://businesspati.com/wp-content/uploads/2017/06/nic-asia-capital.jpg)
बिजनेसपाटी २७ असार
एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोषको ईकाई विक्रीमा ल्याउन धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
क्यापिटलले सात बर्षे बन्दमुखी एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानीकोष) ल्याउने भएको हो । जसका लागि संपूर्ण प्रक्रिया पुरा गरि धितोपत्र बोर्डमा प्रस्ताव पेस गरेको क्यापिटलले जनाएको छ ।
क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धकसंगै लगानी व्यवस्थापन,लगानी परामर्श सेवा, निक्षेप सदस्य (डीपी) सेवा, प्रदान गर्दै आइरहेको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्ण रुमा नलाग्ने व्यवस्था गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया