एनआईसी एसिया बैंकको वित्तीय साक्षरता र्याली

काठमाडौं २ अशोज ।
एनआईसी एसिया बैंकले सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् वित्तीय सचेतना र्यालीको आयोजना गरेको छ । शनिवार बैंकको कमलादी शाखाबाट सुरु भएको वित्तीय साक्षरता र्याली काठमाडौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगेर समापन भएको थियो । सो र्यालीमा ६ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया