एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडौं ०२ चैत्र २०७९,।एनएमबि बैंकले विश्वक्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० प्रदान गर्ने घोषणा गरेको छ ।यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसी ले भने ,“खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्चकायम राखी राख्न सकेमामात्र खेलाडी र खेलकुदजगतको प्रगतीहुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ । “


२०१९ देखि शुरु भएको यस विश्वक्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज हुनगईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ । आजको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया