एनसेललाई फोरजी अनुमतिमा सांसद् विभाजित

काठमाडौँ ४ माघ

एनसेललाई फोरजी सेवा सञ्चालन गर्न दिने–नदिनेबारेमा सांसद्हरुको मत बाझिएको छ । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा फोरजीको अनुमतिसम्बन्धमा एउटै पार्टीका सांसद्हरुको मत बाझिएको हो । खासगरी सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद्हरुले एनसेललाई फोर जीको अनुमति दिने÷नदिने विषयमा फरक फरक धारणा राखे ।

सांसद् ध्रुव वाग्लेले पूँजीगत लाभकर नतिरेको निहुँमा एनसेललाई फोर जी चलाउनबाट रोक्न नहुने धारणा राखे भने सांसद् राजेन्द्रकुमार केसीले अर्बौं रुपैयाँ राजस्व नबुझाएको कम्पनीलाई नयाँ सेवा सञ्चालनको अनुमति दिन नपाइने बताए ।

वाग्ले र केसी दुवै नेपाली कांग्रेसका सांसद् हुन् । यस्तै नेकपा माओवादी केन्द्रका सांसद् टेकबहादुर बस्नेत र रुपा महर्जनको धारणा पनि आपसमा बाझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया