एनसेलले कर नतिरे सरकारले कारवाही गर्छ : संचारमन्त्री

काठमाडौं ३ श्रावण

संचारमन्त्री शेरधन रार्इले एनसेलबाट पुँजीगत लाभकर हर हालतमा लिने बताएका छन् । मन्त्रि रिले राजस्व कार्यालयबाट करको लागि ताकेता गरेपनि कर तिर्न नआएको भन्दै सरकारले सबै विकल्प प्रयोग गरेर एनसेलबाट लाभकर लिने दाबी गरे । सोमबार संचार मन्त्रालयमा भएको छलफलमा राईले यो जानकारी दिएका हुन् । ‘राज्यलाई कर तिर्नु करदाताको दायित्व हो र तिर्नुपर्छ’ मन्त्री राईले भने ‘कानुन बमोजिम कर बुझाउनुपर्छ । कर नतिरे सरकारले कार्वाहीको दायरामा ल्याउनेछ ।’

छलफलमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले करको विषय आन्तरिक राजश्व विभागको भएको र उसले उठाउनुपर्ने बताए। उनले भने ‘यदि कर लिने निकायहरु कर लिन असक्षम छन् भने प्राधिकण एनसेलसँग कर असुल्न सक्षम रहेको छ।’ उनले घुमाउरो भाषामा कर कार्यालयले एनसेलसँग कर असुल्न नसकेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया