एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा ढकाल
काठमाण्डौ २ साउन २०७८ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडको ०७८-०४-०१ मा सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको छ । उहाँसँग Deloitte India (Big 4), ICICI Bank, India तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ प्रोफेशनल Chartered Accountant पनि हुनुहुन्छ ।
साथै, वहाँले एन आई सी एशिया बंैकको हालको Transformational Journey को उद्गमविन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव वहाँको रहेकोे छ । हाल एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहनु भएका उहाँले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया