एन आई सी एशिया डिबेन्चर २०८५-८६ निश्कासन

बिजनेसपाटी ४ माघ ।
एनआईसी एशिया बैंक लिमिटेडले माघ ३ गतेबाट ‘एनआईसी एशिया डिबेन्चर २०८५÷८६’ विक्रिको लागि सार्वजानिक आव्हवन गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुनेछ । जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिने जनाइएको छ । बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि ०७५÷१०÷१३ देखि सर्वसाधारणको लागि विक्रि खुला भई छिटोमा ०७५ ÷१०÷१६ तथा ढिलोमा ०७५÷११÷१३ सम्म विक्री खुल्ला रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया