एन आई सी एशिया बैंक र सानिमा ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

बिजनेसपाटी १३ मंसिर ।

एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया