एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौ ११जेष्ठ २०७८
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिको २६औं वार्षिक साधारण सभा सोमबार जेष्ठ १०गते प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएको छ।
दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया