एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्ने-डा शशाङ्क

काठमाडौँ १७ माघ

नवलपरासी-नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् ।सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालालेमुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राखे ।

उनले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए ।नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहेका कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताए ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया