एमालेले कसरी बनायो जीवराज पत्नी माया ज्ञवालीको घर ?

काठमाडाैं १२ कार्तिक

एमाले पार्टीका स्वर्गीय नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीलाई काठमाडौंको चावहिलमा ३ तले पक्की भवन बनाइदिएको छ।

३ जेठ २०५० सालमा एमालेका तत्कालिन महासचिव मदन भण्डारीसँगै चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मायाले ३ दशकदेखि डेराको जीवन ब्यथित गर्दै आएकी थिइन।

एमालेले ज्ञवालीलाई सहिदपत्नीका रुपमा सम्मान गर्दै ५५ लाख रुपैयाँको लगातमा ३ तले भवन बनाइदिएको हो। जसमा पार्टीको पहलमा ४० लाख रुपैयाँ र बाँकी रकम ऋणमा रहेको मायाले बताइन। जसमा पार्टी पहलमा ४० लाख रूपैयाँ संकलन भएको छ भने बाँकी रकम ऋण रहेको मायाले बताइन ।

राष्ट्रपति र वामदेव गाैतमकी पत्नीको अग्रसरता 

एमालेकी तत्कालीन उपाध्यक्ष रहेकी राष्ट्रपति विद्या भण्डारी र उपाध्यक्ष वामदेव गाैतमकी धर्मपत्नी तुलसा थापाको विशेष अग्रसरतामा मायाको तीन तले निजी भव निर्माण भएको हो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया