एशियन लाईफको बनेपा शाखाले गर्यो ५९ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं १२ चैत्र २०७७।
एशियन लाईफ इन्स्योरेन्सको बनेपा शाखाको तर्फबाट स्व. राजु कुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत आज रु.५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
स्व. अधिकारीले रु. ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराउनुभएको थियो ।
०७७।०७।१८ गते निधन भएको बीमितले बीमा शुल्कवापत ३ वर्षको अवधिमा कम्पनीलाई रु. १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया