एसबिआर्इ बैंकको साढे ६७ हजार एफपिअाे जारी

काठमाडौं ११ पौष
  आइतबारदेखि एसबिआई बैंकले ९७१ रुपैयाँमा (८७१ प्रिमियम मूल्य) ६७,७६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिअाे) जारी गरेको छ।
एसबिआईको एफपिओपछि ६७ लाख रुपैयाँ थपिएर करिब ३ अर्ब ८९ करोड पूँजी पुग्नेछ ।

 एफपिओपछि थपिने पूँजीमा बैंकले २८ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बोनसपछि बैंकको पूँजी ४ अर्ब ९७ करोड ९७ लाख पुग्ने छ।
 स्टक एक्सेन्जका अनुसार बैंकको ६ महिनाको औषत मूल्य १ हजार ८ सय २२ रुपैयाँ रहेको छ । गत बिहिबार कारोबार मूल्य १ हजार ४ सय ६० रुपैयाँ थियो । गत आर्थिक बर्ष बैंकको ०७२/०७३ को अपरिष्कृत वित्तिय प्रतिवेदन अनुसार बैंकको मुनाफा १ अर्ब ३३ करोड रुपैयाँ छ। यो आर्थिक वर्ष भन्दा २७.३५ प्रतिशत बढी हो।
बैंकको प्रति शेयर आम्दानी ३४.२९ रुपैयाँ,खराब कर्जा ०.१३ प्रतिशत, नेटवर्थ १५९.६७ रुपैयाँ,  रहेको छ भने पिई रेसियो ४३ गुणा बढी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया