एसियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा दैलेखमा
काठमाण्डौ १४ माघ २०७७।
एशियन लाईफ इन्स्योरेन्सले कर्णाली प्रदेशको दैलेखमा मंगलबारदेखि उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ । यस कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक श्री विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिनेछ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १ करोड २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रु.२३ अर्ब ६ करोड रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया